काठमाडौं - नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले सपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार उनलाई पद तथा गोपनियताको सपथग्रहण गराएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति पौडेलले बुधबार पन्तलाई शिक्षा मन्त्रीमा नियुक्त गरेका थिए ।

एमाले सांसद विद्या भट्टराईले स्वास्थ्यको कारण देखाउँदै गत सोमबार राजीनामा दिएपछि प्रधानमन्त्री ओलीले पन्तलाई उक्त जिम्मेवारी सुम्पिएका हुन् ।