काठमाडौं- सत्तारुढ दल नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ)ले केन्द्रीय क्याम्पस कीर्तिपुरमा तालाबन्दी गरेको छ । स्वतन्त्र विद्यार्थी युनियन स्ववियू निर्वाचनमा बागी उम्मेदवारी दर्ता गराएको आरोप लगाउँदै तालाबन्दी गरेको हो।आधिकारिक रूपमा अध्यक्षमा अनोज कार्कीको नेतृत्वको टीम भएपनि नेविसंघ केन्द्रीय समितिको टिकट भन्दै नक्कली हस्ताक्षर र छाप लगाएर तोकिएको समय ५ बजेपछि मनोनयन दर्ता गरिएको आरोप छ। समयसीमा कटेपछि दिइएको निवेदनलाई विश्वविद्यालय क्याम्पसका निर्वाचन अधिकृतले आदिकल्चो फर्म लिएर बुझेकाले सो कुरा नसच्चिएसम्म तालाबन्दी गरिएको नेविसंघले जनाएको छ ।