सवारीसाधनका सबै पास रद्द गर्ने निर्णय
खबर एक्सप्रेस
२०७७-०२-०१ ०५:५८ मा प्रकाशित
Total Shares: 334
काठमाडौं - सरकारले शनिबारदेखि लागू हुनेगरी सवारीसाधन चलाउनका लागि दिएको सबै पास रद्द गर्ने निर्णय गरेको छ ।
गृह मन्त्रालयमा बिहीबार बसेको बैठकले शनिबारदेखि जिल्लाभित्र लागू हुने गरी प्रशासनले वितरण गरेको पास पनि खारेज गर्ने निर्णय गरेको स्रोतले बताएको छ । यसअघि गृहले एक जिल्लाबाट अर्को जिल्ला जानको लागि जारी भएको सबै पास आजबाट खारेज गरिसकेको छ ।
कारोना भाइरसको संक्रमण बढेसँगै गृहमन्त्रालयले लकडाउनलाई थप कडाइ गर्ने नीति अनुरुप सो निर्णय गरेको छ । यो निर्णय देशभर नै लागू गर्नेगरी गृहले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई सर्कुलर गरिसकेको छ।
फेसबुक पेज Like गर्नुहोस