हेटौँडा - नेकपाका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीको विधान र विधिलाई कडाइका साथ लागू गर्न कमजोरी हुँदा पार्टी सङ्गठन गर्न समस्या भएको बताएका छन् ।

नेकपा हेटौँडा उपमहानगरपालिका कमिटीद्वारा आज हेटौँडामा आयोजित कार्यक्रममा उनले पार्टी एकीकरणको बाँकी काम पूरा गर्न सबै लाग्नुपर्छ भने । वरिष्ठ नेता नेपालले माक्र्सवादलाइ नेपाल सुहाउँदो ढङ्गले लागू गरी समृद्धि ल्याउनुपर्ने बताए ।