काठमाडौं - स्टारडम यस्तो कुरा हो, जो सम्हाल्न जोकोहीले सक्दैनन् । स्टारडमलाई लिएर लगातारजसो स्टार कलाकारलाई प्रश्न गर्ने गरिन्छ । हालै यो सवाल बलिउड अभिनेता सलमान खानलाई सोधिएको छ । सलमानलाई सोधिएको थियो, ‘स्टारडम गुम्ने डर कतिको छ रु’ 

सलमानले भने, ‘एक न एक दिन त स्टारडमको चमक फिक्का भएर जान्छ । लामो समयसम्म यसलाई कायम राख्न सक्नु जोकोहीका लागि ठूलो चुनौती हो ।

मलाई लाग्छ कि शाहरूख, आमिर, अक्षय र अजय पनि यस्ता अभिनेता हुन्, जसले स्टारडमलाई लामो समयसम्म कायम राख्न सके ।’ सलमानले आउने दिनमा आफूलाई स्टारडम कायम राख्नका लागि हरसम्भव प्रयास गर्ने पनि बताएका छन् ।