छोरीसहित रुप ज्योतिलाई ३ दिन हिरासतमा राख्न आदेश
खबर एक्सप्रेस
२०७६-०७-२२ ११:०० मा प्रकाशित
Total Shares: 255
काठमाडौं - उद्योगी एवं पूर्व अर्थसहायक मन्त्री रुप ज्योति र उनकी छोरी सुरुची ज्योतिलाई तीन दिन थुनामा राखेर मुद्दाको अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ ।
शुक्रबार ठगीको आरोपमा पक्राउ परेका रुप र उनकी छोरी सुरुचीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्ने महानगरीय प्रहरी परिसर काठमाडौंलाई अनुमति दिइएको हो।
गत मंगलबार सर्वोच्च अदालतले रुप ज्योति र सुरुचीलाई पक्राउका लागि प्रहरीलाई अनुमति दिएको थियो।
फेसबुक पेज Like गर्नुहोस