युनाइटेड इन्स्योरेन्सको राम्रो प्रगति, कोरोनाको महामारीमा पनि ४४ प्रतिशत प्रिमियम वृद्धि गर्न कम्पनी सफल
काठमाडौं - युनाइटेड इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले राम्रो प्रगति गर्दै गएको छ ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ ले आतङ्कित पारेको बेला पनि युनाइटेड इन्स्योरेन्स कम्पनि नेपाल लिमिटेडको प्रिमियम संकलनमा ४४ प्रतिशत वृद्धि भएको छ ।
चालू आर्थिक वर्षको तेस्रो त्रैमासिकमा कम्पनीले ५१ करोड ३१ लाख बीमा शुल्क आर्जन गरी प्रिमियम वृद्धि गर्न कम्पनी सफल भएको छ । कम्पनीका अन्य इन्डिकेटरहरु पनि सकारात्मक देखिन्छ ।
कम्पनीका का.मु प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले भने क्लेम समयमा तिरेको र बीमा समितीमा उजुरी नपरेका कारण कम्पनी प्रति जनताको विश्वास बढ्दै गएकाले प्रिमियम वृद्धि भएको र आगामी दिनमा अझ राम्रो हुने बताए ।
फेसबुक पेज Like गर्नुहोस