त्रिभुवन विमानस्थलबाट हिरा र सुनसहित २ भारतीय नागरिक पक्राउ
खबर एक्सप्रेस
२०७६-०९-२० ११:०० मा प्रकाशित
Total Shares: 387
काठमाडौं - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लुकाएर ल्याएको हिरा र सुनसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतीय नागरिक किजाकेथिल नौसाद र मोहमद म्यादिन स्थाली रहेका छन् । विमानस्थलमा चेकजाँचका क्रममा नौसादको साथबाट आधा किलो सुन बरामद गरेको प्रहरीले जनाएको छ ।
यस्तै, मलेसियाबाटबाट नेपाल एयरलाइन्सको विमानमार्फत काठमाडौं आएका अर्का भारतीय स्थालीबाट २ सय २२ ग्राम हिरा बरामद भएको छ । शंका लागेर चेकजाँच गर्दा दुवै जनाले मलद्वारमा लुकाएर सुन र हिरा ल्याएको भेटिएको प्रहरीले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस