काठमाडौं - चिकित्सा शिक्षा सुधारका अभियन्ता प्राडा गोविन्द केसीले फेरी अनशन सुरू गरेका छन। धनगढीमा रहेको एलएनचोकस्थित कृष्ण मन्दिरको धर्मशालाबाट भर्खरै मात्र २४ औँ अनशन सुरू गरेको त्यहाँ रहेका डा. केसीका सहयोगी डा. अमृत जैसीले जानकारी दिए। 

चिकित्सा शिक्षाको सुधारको लागि पटक पटक अनशन बसेका डा. केसीको यो २४ औँ अनशन हो। यसअघिनै सरकारलाई माग पूरा गर्न दिएको साउन ५ गतेसम्मको समयसीमालाई पूर्ण रूपमा बेवास्ता गरेपछि पुन अनशन सुरू गर्नु परेको डा. केसीले बताए। 

केसीले सरकारलाई जनताले निजी माफियाहरूलाई पोस्न र जेहेन्दार विद्यार्थीको छात्रवृत्ति खोस्न नपठाएको भन्दै स्थापित नियम र मूल्य मान्यता विपरीत स्वार्थको द्वन्द्व हुनेगरी दशरथचन्द मेडिकल विश्वविद्यालयसहितका चिकित्सा आयोगमा गरिएका नियुक्ति बन्द गर्न माग गरे।