काठमाडौं,विराटनगर-मोरङको धनपालथालन गाउँपालिकाको कदमा गाउँमा भिषण आगलागी भएको छ। 

आगलागीमा परी दुई बालबालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा एक बालक र एक बालिका रहेका छन्। उनीहरूको परिचय खुलेको छैन। 

आगलागीका कारण हालसम्म ८ घर जलिसकेका छन्। आगो नियन्त्रण हुन सकेको छैन। 

नियन्त्रणका लागि स्थानीय, दमकल र प्रहरी खटिएको मोरङ प्रहरी प्रवक्ता (डिएसपी) वेदप्रकाश जोशीले जानकारी दिए।