काठमाडौं - थापाथली इन्जिनियरिङ कलेजको स्ववियु अध्यक्षमा नेविसंघका प्रह्लाद खड्का निर्वाचित भएका छन् ।

आज सम्पन्न निर्वाचनमा खड्का निर्वाचित भएका हुन् । यसअघि २०७९ सालको निर्वाचनमा समेत नेविसंघकै पुष्कर विक्रम शाही स्ववियु अध्यक्षमा निर्वाचित भएका थिए ।