काठमाडौ - विश्व बैँकले नेपाललाई वित्तीय क्षेत्रमा सहयोग पुर्‍याउने उद्देश्यले २३ अर्ब ६० करोड ऋण उपलब्ध गराउने भएको छ ।

कोभिड १९ को महामारीले सिर्जना गरेको परिस्थितीले अर्थतन्त्रमा परेको घाटालाई मध्यनजर गर्दे अर्थतन्त्रलाई पुन पहिलाकै अवस्थामा फर्काउन नेपाल सरकारको प्रयासमा उक्त रकम ऋणस्वरुप सहयोग गर्न लागेको बैँकको वासिङटनस्थित कार्यलयले शुक्रबार जानकारी दिएको छ ।

कोभिडका कारण नेपालको अर्थतन्त्रमा परेको असरमा उक्त ऋणस्वरुप प्राप्त गरेको रकमले वित्तीय क्षेत्र सुधारका सबल कार्ययोजनाका निमित्त सहयोग पुग्ने विश्वास छ ।