कास्की – कास्की निर्वाचन क्षेत्र नम्बर २ का लागि हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि १६ जना उम्मेदवारले उम्मेदवारी मनोनयन पत्र दर्ता गरेका छन् । जसमा २ जना स्वतन्त्रतर्फका उम्मेदवार पनि छन् ।

यो निवार्नचन क्षेत्रमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पाटी (नेकपा) का तर्फबाट विद्या भट्टराईका साथै प्रमुख प्रतिपक्ष काँग्रेसका तर्फबाट खेमराज पौडेलले उम्मेदवारी मनोनयनपत्र दर्ता गरेका छन् ।

देशभक्तभ समाजका वीरबहादुर विश्वकर्मा, नेपाली काँग्रेस वीपी पार्टीका चन्द्र बहादुर रानाभाट, राप्रपाका रोमबहादुर भण्डारी साझा पार्टीका रजनी केसीले पनि उम्मेदार मनोनयनपत्र दर्ता गरेका छन् ।

यसैबीच उम्मेदवारी मनोनयन दर्ता लगत्तै दलहरुले चुनावी सभा थालेका छन् ।