काठमाडौं - पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लोकतन्त्रमा बिरोधका बिभिन्न रुप हुन्छन्, फोटो जलॉउदैमा गिरफ्तार गर्नु उचित नहुने बताएका छन् । हटौंडामा  ‘प्रचण्ड’को तस्वीर जलाउने राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका नेता पक्राउ परेको विषयमा उनले यस्तो बताएका हुन् । 

आफ्नो फेसबुक पेजमा एक स्टाटस सेयर गर्दै उनले यस्तो बताएका हुन् । हेटौंडामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को तस्वीर जलाउने राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका नेता पक्राउ परेका हुन् ।  पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डको फोटो जलाउने संगठनका सदस्य सचिव नीराजन बम पताँलालाई प्रहरीले पक्राउ गरेको हो ।