काठमाडौं - मौसम विभागले प्रतिकूल मौसमको चेतावनी जारी गरेपछि राष्ट्रियसभा बैठक असोज १२ गतेसम्मका लागि स्थगित गरिएको छ।

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले मौसमको अवस्थालाई मध्यनजर गर्दै बैठक स्थगित गरिएको जानकारी गराएका हुन्।

बैठकमा अध्यक्ष दाहालले राष्ट्रियसभा सदस्यहरूलाई मौसमप्रति सजग र सतर्क रहन आग्रह गर्दै असोज १२ गतेसम्मका लागि बैठक स्थगित भएको सूचित गरेका थिए।