काठमाडौं - विश्वकप टी–२० क्रिकेट प्रतियोगिता आजबाट अमेरिका र वेष्ट इंडीजमा सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा अहिले अमेरिका र क्यानाडा भिडिरहेका छन् ।

अमेरिकाको टेक्सास राज्यको डालसमा रहेको ग्राण्ड प्रेरी रंगशलामा जारी खेलमा अमेरिकाले टस जिते।र फिल्डिङ रोजेपछि क्यानाडाले पहिले व्याटिङ गर्दैछ । यही रंगशालामा मंगलवार नेपालले आफ्नो पहिलो खेलमा नेदरल्याण्ड्सको सामना गर्नेछ ।

नेपालको समुह ‘डि’ मा दक्षिण अफ्रिका, श्रीलंका र बंगलादेश पनि छन् । टि–ट्वेन्टी विश्वकपमा सहभागि २० टोलीलाई चार समुहमा विभाजन गरिएको छ । हरेक समुहका शीर्ष दुई टोली सुपर आठ चरणमा प्रवेश गर्नेछन् ।