काठमाडौं - नुवाकोटको त्रिशूली बेत्रावती बजारमा बाढीका कारण घरभित्र फसेकी एक महिलाको सशस्त्र प्रहरीले जीवितै उद्धार गरेको छ ।

सशस्त्र प्रहरीका अनुसार नुवाकोटतर्फ आनन्द श्रेष्ठको घरबाट ६० वर्षीया चण्डीका श्रेष्ठलाई जीवितै उद्धार गरिएको हो ।

उद्धारका क्रममा उनी अर्धचेत अवस्थामा भेटिएकी थिइन्। सशस्त्र प्रहरीको उद्धार टोलीले उनलाई सुरक्षित रूपमा बाहिर निकालेपछि थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं ल्याउँदैछ।

भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा जारी खोज तथा उद्धार अभियानका क्रममा श्रेष्ठको जीवित उद्धार गरिएको हो ।