काठमाडौं - भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि सुरुङभित्र फसेका एक चिनियाँ नागरिकको ११ दिनपछि जीवितै उद्धार गरिएको छ।

नेपाली सेनाको उद्धार टोलीले प्रभावित माथिल्लो त्रिशूली–१ (२१६ मेगावाट) को अडिट–४ टनेलबाट ती चिनियाँ नागरिकलाई शनिबार जीवितै उद्धार गरेको हो।

भदौ १० गते भोटेकोसी नदीमा आएको बाढीपछि उनी उक्त सुरुङभित्र फसेका थिए। नेपाली सेना र दक्षिण कोरियाको डिजास्टर विज्ञ टोलीको संयुक्त प्रयासमा केहीबेरअघि उनको उद्धार गरिएको हो।

उद्धार गरिएका चिनियाँ नागरिकलाई नुवाकोटको त्रिशूलीस्थित मैथिली ब्यारेक ल्याइँदैछ। उद्धारपछि उनको स्वास्थ्य अवस्थाबारे विस्तृत विवरण आउन बाँकी छ।

यसअघि शुक्रबार मात्रै नेपाली सेनाको उद्धार टोलीले माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङबाट दुई नेपाली नागरिकलाई १० दिनपछि जीवितै उद्धार गरेको थियो।