नेपालका २० निर्जीवन बीमा कम्पनीहरु मध्ये अब्बल बन्दै नेको इन्स्योरेन्स
काठमाडौं - हाल नेपालमा २० वटा निर्जीवन बीमा कम्पनीहरु सञ्चालनमा छन् । हाल संचालित कम्पनीहरु मध्ये नेको इन्स्योरेन्स अब्बल साबित भएको छ ।
खुद बीमाशुल्क आर्जनमा शिखर इन्स्योरेन्स पहिलो हुदै आइरहेको थियो । गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद बीमाशुल्क आर्जनमा नेकोले शिखर लाई पछि पार्दै पहिलो स्थानमा आउन सफल भएको छ ।
पछिल्लो समय नेको इन्स्योरेन्स कम्पनीले आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ । धेरै वटा वित्तिय विवरणमा पहिलो नम्बरमा रहेको कम्पनीले उल्लेख्य सफलता हासिल गर्दै अघि बढिरहेको छ ।
कम्पनीमा छ वर्ष अघि नयाँ व्यवस्थापनको आगमन भएको थियो । त्यसबेला १७ ओटा निर्जीवन बीमा कम्पनीहरु थिए । नेको इन्स्योरेन्स १५ नम्बरमा थियो । हाल २० वटा कम्पनीहरु छन् । भने हालको व्यवस्थापनले तेस्रो नम्बरमा ल्याउन सफल भएको छ भने धेरै कुरामा पहिलो नम्बरमा छ ।कम्पनीमा प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्का आय पछि कम्पनी फरक ढंगले अघि बढेको छ । खड्काले नेतृत्व गरेदेखिनै कम्पनीले छोटो समयमा उल्लेख्य सफलता हासिल गरेको छ । कम्पनी कोभिडको प्रभावमा पनि 'टु विलियन' क्लबमा पुगेको थियो ।
फेसबुक पेज Like गर्नुहोस