दाङ - जिल्लामा थप एकजनाको कोरोना संक्रमण भएको भेटिएको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको पिसिआर परीक्षणमा घोराही उपमहानगरपालिकाले ३ का ३७ वर्षका एकजना पुरुषमा कोरोना रिपोर्ट पोजेटिभ देखिएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा संगीता भण्डारीले जानकारी दिइन्।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले अहिलेसम्म एक हजार ५४ जनाको नमुना संकलन भएकोमा ७६४ को परीक्षण गरिएको जनाएको छ। तीमध्ये ७६१ को नेगेटिभ, तीन जनाको पोजेटिभ र २९० जनाको नमुना प्रक्रियामा रहेको छ।