‘सरकारले जनतालाई दुःख मात्र दियो’
खबर एक्सप्रेस
२०७६-०७-११ ११:०० मा प्रकाशित
Total Shares: 417
भक्तपुर - नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्ट सरकारले जनतालाई दुख दिन र अधिकार खोस्न विभिन्न कानुन ल्याएको आरोप लगाएका छन् ।
सोमबार भक्तपुरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले देश अत्यन्त अप्ठ्यारो अवस्थाबाट गुज्रिरहेको धारणा राखे ।
उनले उपभोक्तको नाउँमा सरकारले ठूलो भ्रष्टाचार गरेको बताउँदै त्यसको जवाफस्वरुप आगामी उपनिर्वाचनमा जनताले नेपाली काँग्रेसलाई जिताउनुपर्छ भने । पार्टीलाई विजयी गराउन सबै नेता कार्यकर्ता एकजुट भएर लाग्नुपर्ने उनको भनाइ थियो ।
फेसबुक पेज Like गर्नुहोस