काठमाडौं - सामाजिक सञ्जाल फेसबुकको वेब संस्करणमा समस्या देखिएको छ।

आइतबार दिउँसो करिब १ः३० बजेदेखि फेसबुक प्रयोगकर्ताले वेब ब्राउजरमार्फत खाता खोल्न समस्या भोगिरहेका छन्।

प्रयोगकर्ताले फेसबुकको वेबसाइट खोल्दा ‘ब्अअयगलत त्झउयचबचष्थि ग्लबखबष्बिदभि’ भन्ने सन्देश देखिएको छ। यद्यपि, मोबाइल एपमार्फत फेसबुक प्रयोग गर्न भने समस्या देखिएको छैन।

फेसबुकले वेबसाइटमा प्राविधिक समस्या आएको स्वीकार गर्दै केही समयभित्र समाधान हुने जनाएको छ। यद्यपि, समस्याको कारणबारे कम्पनीले औपचारिक जानकारी सार्वजनिक गरेको छैन।

, ‘एकाउन्ट अस्थायी रूपमा उपलब्ध छैन। साइटमा आएको समस्याका कारण तपाईंको खाता हाल उपलब्ध छैन। हामी यसलाई छिट्टै समाधान गर्ने अपेक्षा गर्दछौँ। कृपया केही मिनेटपछि फेरि प्रयास गर्नुहोस्।’फेसबुकले भनेको छ

वेबसाइटको सेवा अवरोधबारे जानकारी दिने प्लेटफर्म डाउनडिटेक्टरमा पनि विभिन्न देशका प्रयोगकर्ताले फेसबुकको वेब संस्करणमा उस्तै समस्या देखिएको भन्दै गुनासो गरेका छन्।