काठमाडौं - देशका विभिन्न स्थानमा आज भारी वर्षाको सम्भावना छ। दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशको हिमाली भूभाग, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भूभाग तथा सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ।
जल तथा मौसम विज्ञान विभागका अनुुसार राति कोसी, वाग्मती र गण्डकी प्रदेशको हिमाली भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ।
विभागले दिउँसो देशभर साधारणतया बादल लाग्ने बताएको छ। हिमाली भूभागका केही स्थानमा तथा पहाडी भूभागका धेरै स्थानमा मध्यमसम्म वर्षा÷हिमपातको सम्भावना छ।
वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चि प्रदेशका तराई भूभागका केही स्थानमा तथा मधेस र कोसी प्रदेशको तराई क्षेत्रका थोरै स्थानमा मध्यमसम्म वर्षाको सम्भावना छ। लुम्बिनी प्रदेशको तराईका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ।
विभागले राति देशभर साधारणतया बादल लाग्ने बताएको छ। हिमाली र पहाडी भूभागका केही स्थानमा मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ।
कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा तथा मधेस प्रदेशको एकदुई स्थानमा मध्यमसम्म वर्षाको पूर्वानुमान छ।

.gif)


