काठमाडौं - शुक्रबारबाट रिलिज भएको ऋतिक रोशनको फिल्म ‘सुपर ३०’ ले माउथ पब्लिसिटीको साथ पाएको छ । पहिलो दिन फिल्मले ठीकै सुरुवात गर्याे  । भारतमा पहिलो दिन ११ करोड भारुको व्यापार गरेको थियो ।

यो ऋतिकको अघिल्लो फिल्म काबिलभन्दा ठूलो सुरुवाती रकम हो । दोस्रो दिन शनिबार भने फिल्मले १८ करोड भारुको व्यापार गरेको छ । दुई दिनमा फिल्मले भारतमा मात्र ३० करोड भारुको व्यापार गरेको छ । 

कुल एक सय १५ करोडमा बनेको फिल्मले आइतबार भने शनिबारको भन्दा केही बढी कलेक्सन गर्ने आकलन गरिएको छ । आयुष्मान खुरानाको आर्टिकल १५ र शाहिद कपुरको फिल्म कबिर सिंह अहिलेसम्म चलिरहेकाले पनि असर परेको देखिन्छ ।

गत जनवरीमै रिलिज हुने भनिएको यो फिल्म विवादमा तानिएपछि पछाडि धकेलिएको थियो । विकास बहलले निर्देशन गरेको यस फिल्ममा ऋतिकका साथमा मृणल ठाकुरलगायत कलाकार छन् ।