काठमाडौं - वैदेशिक रोजगारीमा जाने कामदारको संख्या ह्वात्तै घटेको छ । आर्थिक वर्ष २०७४-७५ को पहिलो १० महिनाको तुलनामा चालु आवको सोही अवधि (साउनदेखि वैशाख) सम्म वैदेशिक रोजगारीमा जाने कामदारको संख्या ३८ दशमलव ६ प्रतिशतले घटेको हो । दक्षिण कोरिया र मलेसिया जाने कामदार सबैभन्दा धेरै घटेका छन् ।

मलेसिया जाने कामदारको संख्या गत वर्षको तुलनामा ९४।६ प्रतिशत घटेको छ । चालु आवको पहिलो १० महिनामा पाँच हजार तीन सय ५३ जना मात्र मलेसिया गएका छन् ।

 अन्नपूर्ण पोस्ट दैनिकबाट