काठमाडौं - पूर्वमुख्यसचिव एकनारायण अर्याललाई काठमाडौं ल्याइएको छ ।
स्रोतका अनुसार, उनलाई भारतको कोलकत्ताबाट पक्राउ गरेर स्थलमार्ग हुँदै नेपाल प्रवेश गराइएको र हवाइमार्गबाट काठमाडौं ल्याइएको केहीबेर अघि काठमाडौं ल्याइएको हो ।
विमानस्थलबाट अर्याललाई सिधै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लगिएको थियो ।
सीआईबीमा राखिएका अर्याललाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौं लैजाने तयारी गरिएको छ।
मलेसिया जाने नेपाली श्रमिकबाट गैरकानुनी रूपमा करिब १ अर्ब ६९ करोड रुपैयाँ असुली गरी विदेश पठाउने निर्णय प्रक्रियामा संलग्न रहेको आरोपमा जिल्ला अदालत काठमाडौंले अर्यालविरुद्ध पक्राउ अनुमति जारी गरेको थियो।
मुख्यसचिव नियुक्त हुनुअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सचिव रहेका अर्यालमाथि सोही अवधिमा भएको भनिएको विवादास्पद निर्णय प्रक्रियामा संलग्न रहेको आरोपमा अनुसन्धान भइरहेको छ।
उनी २०८१ भदौमा मुख्यसचिव नियुक्त भएका थिए भने २०८२ मंसिरमा उमेर हदका कारण अनिवार्य अवकाशमा गएका थिए।
यस प्रकरणमा यसअघि तत्कालीन मन्त्रीद्वय रामेश्वर राय यादव र शेरबहादुर कुँवर तथा तत्कालीन श्रम सचिव विनोद केसीसहित १० जना पक्राउ परिसकेका छन्। उनीहरूमाथि ठगी र संगठित अपराधको कसुरमा अनुसन्धान भइरहेको छ।

.gif)


