काठमाडौं - सेयर बजारमा खरिदमा चाप बढेर नेप्से सूचक ५ प्रतिशतले बढेपछि बजार ४० मिनेटको लागि बन्द भएको छ।

यसअघि बजार खुलेको १३ मिनेटमा सूचक ४ प्रतिशतले बढेपछि पहिलो सर्किट ब्रेक लागेको थियो। सो पश्चात २० मिनेटपछि खुलेको बजारमा लगातार बृद्धि आँउदा खुलेको २ मिनेटमै बजार थप १ प्रतिशतले बढेको छ।

यस अवधिमा नेप्से सूचक ५ प्रतिशत अर्थात ६३.०६ अंकले बढेर १३२३.८१ विन्दुमा पुगेको छ। यस अवधिमा साढे १८ अर्बको कारोबार भएको छ।