कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउन प्रधानमन्त्री ओलीलाई विद्या भण्डारीको सुझाव
काठमाडौं - पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको कम्युनिस्ट आन्दोलन एकताबद्ध बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेकी छन् ।
‘केपी शर्मा ओली सपना, सङ्घर्ष र सङ्कल्प’ पुस्तकको लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति भण्डारीले सो कुरा बताएकी हुन् ।
उनले प्रधानमन्त्री ओली कुशल रणनीतिकार रहेको टिप्पणी गरिन् । प्रधानमन्त्री ओली अडान र निष्ठाको प्रतिमूर्ति, आवश्यकता अनुसार व्यवहारमा अधिकतम लचकता अपनाउन सक्ने खुबी भएको बताइन् ।
नेकपा एमालेको आन्तरिक जीवनलाई लोकतान्त्रीकरण गर्न कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउन, तथा उत्पन्न हुने गुट र फुटलाई परास्त गरेर पार्टीलाई सुदृढ तुल्याउन प्रधानमन्त्री ओलीले निर्वाह गरेको भूमिका ठूलो रहेको पूर्वराष्ट्रपति भण्डारीको भनाई छ ।
पार्टीका सबै नेता कार्यकर्ताको अपेक्षा पनि सोही रहेको हुनुपर्ने भन्दै भण्डारीले जवजको मार्गदर्शनमा एमालेले आफूलाई निर्णायक शक्तिका रूपमा विकास गरी सामाजिक न्यायको पक्षमा उभिएको आफूले पाएको बताइन् ।
फेसबुक पेज Like गर्नुहोस