सुर्खेत - कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पदबाट राजीनामा दिएका छन् ।
आज प्रदेशसभामा अविश्वास प्रस्तावमाथिको छलफलका क्रममा सम्बोधन गर्दै उनले मुख्यमन्त्री पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।
कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले असार ३२ गते कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । सोही प्रस्तावमाथिको छलफलमा आफ्नो धारणा राखेपछि उनले पद छाड्ने निर्णय सार्वजनिक गरेका हुन् ।
राजीनामा घोषणा गर्दै कँडेलले सत्ता वा कुर्सी आफ्नो लागि ठूलो विषय नभएको बताए। उनले लोकतान्त्रिक अभ्यास र राजनीतिक मूल्य–मान्यतालाई सम्मान गर्दै पदबाट हट्ने निर्णय गरेको उल्लेख गरे ।
कँडेल २०८० चैतको अन्तिम साता कर्णाली प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए ।
उनी सुरुमा माओवादी केन्द्रको समर्थनमा सरकारको नेतृत्वमा पुगेका थिए भने २०८१ साउनदेखि काँग्रेससँगको गठबन्धन सरकारको नेतृत्व गर्दै आएका थिए ।

.gif)


