काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीको शिक्षण अस्पताल महाराजगञ्जमा स्वास्थ्य जाँच गरिएको छ । आइतबार विहान प्रधानमन्त्री ओलीले टिचिङ अस्पतालमा एक्स रे गराएका हुन् ।

यसअघि अघिल्लो हप्ताको बुधबार र बिहीबार काठमाडौं धापासीस्थित ग्राण्डी अस्पतालमा मिर्गौला डायलासिस गराएका थिए । प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले विहान एक्स रेका लागि प्रधानमन्त्री टिचिङ गएको जानकारी दिए ।

शिक्षण अस्पतालबाट फर्किएपछि भने प्रधानमन्त्रीले आफ्नै निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक राखेका छन् ।  मिर्गौलाले राम्रोसँग काम नगर्दा बुधबार र बिहीबार दुई पटक डायलासिस गराएका प्रधानमन्त्री ओलीको तेस्रो डायलासिसको पनि तयारी भएको बताइएको छ ।