अब एक जिल्लाबाट अर्को जिल्ला जान नपाइने, सबै सवारी पास रद्ध
खबर एक्सप्रेस
२०७७-०१-३० ०७:३२ मा प्रकाशित
Total Shares: 522
काठमाडौं - गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जाने गरी जारी भएका सबै सवारी पास रद्ध गरेको छ ।
कोरोना (कोभिड–१९) भाइरस संक्रमितको संख्या बढ्न थालेपछि गृहले मंगलबार यस्तो निर्णय गरेको हो । गृह मन्त्रालय स्रोतका अनुसार जेठ १ गतेबाट लागू हुनेगरी यस्तो निर्णय गरिएको हो ।
सञ्चारकर्मीको हकमा भने सूचना विभागको परिचयपत्रका आधारमा आवतजावत गर्न दिइने गृहमन्त्रालयले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस