काठमाडौं - पराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सरकारको पहिलो प्राथमिकता नेपाली भूमिको रक्षा गर्नु भएको बताएका छन्।

उनले नेपाली भूमि र नागरिकको रक्षा गर्न सरकार सक्षम रहेको स्पष्ट पारे।पाल्पाको धुवल पुस्तकालयले शनिबार आयोजना गरेको महाकवि नीलकण्ठ न्यौपानेद्वारा लिखित श्रम–साधना महाकाव्यको लोकापर्ण समारोहमा मन्त्री ज्ञवालीले देशद्रोही प्रयास निस्तेज गर्न वर्तमान सरकार सक्षम रहेको बताएका हुन् ।

मन्त्री ज्ञवालीले भने, ‘फूलको मालाका धागा काट्ने र फूल चुँडाउने प्रयास भइरहेको छ। त्यस्ता देशद्रोही प्रयास निस्तेज गर्न वर्तमान सरकार सक्षम छ।’

नेपाली भूमि एक इन्च पनि छाड्न नसकिने बताएका उनले नेपालको सिमाना   पूर्वमा मेची र पश्चिममा महाकाली नदी  रहेको सुगौली सन्धिमा निर्दिष्ट भएको बताए ।