बर्दिबास - काठमाडौंमा अलपत्र परेका मानिस बोकेर उदयपुर जाँदै गरेको बस दुर्घटना भएको छ । शनिबार बिहान महोत्तरीको बर्दिवास नगरपालिका ३ स्थित पाटुको घुम्तीमा दुर्घटना भएको हो ।

दुर्घटनामा एक जनाको घटनास्थलमै ज्यान गएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा तामाकोशी ३ दोलखा घर भएका २२ वर्षीय प्रदिप बिश्वकर्मा रहेका छन् ।

उदयपुरको चौरन्दी नगरपालिकातर्फ गईरहेको बा ३ ख ४०३६ नम्बरको बस दुर्घटना भएको ईलाका प्रहरी कार्यालय बर्दिवासले जानकारी दिएको छ । ३५ जना यात्रु सवार थिए ।