अफ्रिकी मुलुक घानासँग नेपालकाे कूटनीतिक सम्बन्ध स्थापना
काठमाडौं - नेपाल र अफ्रिकी मुलुक घानाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ।
योसँगै नेपालको कूटनीतिक सम्बन्ध स्थापना भएको देशको संख्या १६८ पुगेको छ। संयुक्त राष्ट्रसङ्घको ७४औँ महासभा बैठकमा भाग लिने सिलसिलामा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र घानाका विदेशमन्त्री शेर्ली आयोरकोरले द्विपक्षीय कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी संयुक्त दस्तावेजमा हस्ताक्षर गरेका छन्।
राष्ट्रसङ्घको प्रधानकार्यालयमा भएको सङ्क्षिप्त समारोहमा दुवै देशका विदेशमन्त्रीले उक्त दस्तावेजमा हस्ताक्षर गरेका हुन्।यसले दुई देशबीच पारस्परिक हित र चासोका विषयमा सहकार्य र साझेदारी गर्ने एवम् व्यापार तथा पर्यटन प्रवद्र्धनका सम्भावनाको खोजी गर्ने बाटो खुलेको परराष्ट्रमन्त्री ज्ञवालीले बताए।
फेसबुक पेज Like गर्नुहोस