भोलिदेखि नेपालगन्ज उपमहानगरमा निषेधाज्ञा
खबर एक्सप्रेस
२०७७-०१-२२ ०८:३९ मा प्रकाशित
Total Shares: 528
काठमाडौं - भोलि मंगलबारदेखि तीन दिनसम्मका लागि नेपालगन्ज उपमहानगरपालिकाले निषेधाज्ञा लगाउने भएको छ।
सोमबार जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकले मंगलबार दिउँसो देखि २५ गते मध्यरातसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो।
कोरोना संक्रमणको जोखिमसँगै लकडाउन कार्यान्वयन प्रभावकारी नभएपछि निषेधाज्ञा जारी गरिएको हो। यो अवधिमा कोरोना परीक्षणलाई तीव्र बनाउने उपमेयर उमा थापा मगरले बताइन्।
फेसबुक पेज Like गर्नुहोस