काठमाडौं - तोरी, सूर्यमुखी र भटमास तेलको मूल्य बढेको छ । सबैजसो खाने तेलको मूल्य १० देखि २० प्रतिशतसम्म बढेको खुद्रा व्यापार संघका निवर्तमान अध्यक्ष पवित्र बज्राचार्यले बताए ।

एक महिनाको अवधिमा दुई प्रकारका तेलको भाउ प्रतिलिटर ४० देखि ५० रुपैयाँसम्मले वृद्धि भएको हो । यसअघि औसतमा प्रतिलिटर १७० रुपैयाँ रहेको सूर्यमूखी तेलको मूल्य अहिले २०० रुपैयाँ पुगेको छ। आधा लिटर तेलको मूल्य नै १ सय रुपैयाँ पुगेको छ।

तिहारसम्म १३० देखि १४० रुपैयाँ प्रतिलिटरमा कारोबार भएको सोयाबिन तेल १७० देखि ८० रुपैयाँ पुर्‍याइएको छ । यस्तै, १६० रुपैयाँमा कारोबार भएको सनफ्लावर तेलको भाउ दुई सय रुपैयाँ भन्दामाथि पुर्‍याइएको हो ।

होलसेलबाटै बढेर आएकोले मूल्य बढेको बज्राचार्यको भनाई छ । ‘होलसेलबाटै बढेर आएको छ, प्याकेटमै लेखिएको मूल्य बढेको छ’ बज्राचार्यले भने। 'तोरीको तेल, सूर्यमुखी तेल तथा भटमासको तेलमा मूल्य बढेको हो ।' तिहारपछि नै तेलको मूल्य बढेर आएको उनले बताए।