वुमन्स डे कप : तेस्रो स्थानका लागि नेपाल र हङकङ भिड्दै
खबर एक्सप्रेस
१८ घण्टा अगाडि
Total Shares: 35
काठमाडौं- जारी चार देशीय सिरिज (वुमन्स डे कप) अन्तर्गत तेस्रो स्थानका लागि आज नेपाल र हङकङ भिड्दै छन् । उक्त खेल नेपाली समय अनुसार दिउँसो १२ः४५ बजेदेखि सुरु हुन लागेको हो । यस सिरिजमा नेपालले ६ खेलेको थियो। जसमा २ खेलमा जितेको छ भने ४ खेलमा हार व्यहोरेको थियो।नेपालले नामिबियासँगका दुवै खेलमा हार व्यहोरेको थियो भने हङकङ र युगाण्डासँग एक-एक खेलमा हार व्यहोरेको थियो।
नेपालले आयोजक युगाण्डा र हङकङलाई एक-एक खेलमा पराजित गरेको थियो। अब तेस्रो स्थानका लागि पुछारमा रहेको नेपाल र तेस्रो स्थानमा रहेको हङकङ आज खेल्दै छन् । त्यस्तै फाइनलमा भने शीर्ष स्थानमा रहेको आयोजक युगाण्डा र दोस्रो स्थानमा रहेको नामिबिया पनि आजै भिड्दै छन् ।
फेसबुक पेज Like गर्नुहोस