काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले आज आइतबारका लागि बोलाएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा अनुपस्थित हुने भएपछि बैठक स्थगित भएको  प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। हो। बैठक आज बिहान ९ बजेका लागि बोलाइएको  थियो । स्थगित भएको बैठक अब कहिले हुन्छ भन्नेबारे  अन्योल छ ।

संवैधानिक परिषद्सम्बन्धी ऐनअनुसार बैठक बस्न परिषदका ६ सदस्यमध्ये कम्तीमा ५ जना उपस्थित हुनुपर्छ । निर्वाचन नभएका कारण उपसभामुख पद रिक्त छ । त्यसैले परिषद्का कुनै पनि सदस्य अनुपस्थित भएमा बैठक बस्न सक्दैन। संवैधानिक परिषदमा विपक्षी दलको नेता अनिवार्य हुनुपर्ने कानुनी व्यवस्था छ।

संवैधानिक आयोगहरू लामो समयखदेखी पदाधिकारीविहीन छन् ।