काठमाडौं - बलिउडकी सुन्दर अभिनेत्री क्याटरिना कैफ आजबाट ३६ वर्षमा प्रवेश गरेकी छिन् । हङकङमा सन् १९८३ जुलाई १६ मा जन्मिएकी उनले लण्डनमा मोडलिङ सुरु गरेकी थिइन् । अहिले उनी चर्चित अभिनेत्रीमध्येकी एक हुन् ।

क्याटरिना अझैपनि भलै राम्रोसँग हिन्दी बोल्न जान्दिनन् तर, उनले बलिउडमा २९ भन्दा बढि फिल्ममा काम गरिसकेकी छिन् । यस्तै, उनले दक्षिण भारतीय फिल्ममा पनि काम गरिसकेकी छन् । उनलाई आफ्नो आमाले नै हेरचाह गरेकी हुन् । उनको बाबु उनीहरुसँग बस्ने गरेका थिएनन् । क्याटरिनाका पिता कश्मिर मुलका हुन् भने आमा बेलायती हुन् ।

क्याटरिनाले २००३ मा ‘बूम’ फिल्मबाट बलिउडमा डेब्यू गरेकी हुन् ।क्याटरिनाको इंग्ल्यान्डमा राम्रो सम्पत्ती रहेपनि उनी मुम्बईमा भाडाको घरमा बस्छिन् । क्याटरिनाले अहिलेसम्म लगभग २५ अवार्ड जितेकी छिन् ।