काठमाडौँ - सत्तारुढ दल नेकपा (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल र नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीबीच भेटवार्ता भएको छ ।

राजदूत बेरी नेता नेपाललाई भेट्न बिहीबार बिहान कोटेश्वरस्थित उनको निजी निवासमा पुगेका थिए । 

भेटमा नेता नेपाल र बेरीबीच नेपाल–अमेरिका सम्बन्धको लामो इतिहासको स्मरण गर्दै विकसित पछिल्ला घटनाक्रमहरु, नेपालका लागि अमेरिकी सहयोग, नेपालको विकासको संभावनाहरु तथा दुई देश बीचको पारस्पारिक सम्बन्धका विविध पक्षमा कुराकानी भएको बताइएको छ ।

भेटवार्ताले दुई देशबीचको कुटनीतिक सम्बन्धमा थप सकारात्मक योगदान दिने अपेक्षा गरिएको छ ।