सशस्त्र प्रहरीका दुई एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस
खबर एक्सप्रेस
२०७८-०३-२२ ०४:४१ मा प्रकाशित
Total Shares: 242
काठमाडौं - गृह मन्त्रालयले नेपाल सशस्त्र प्रहरीका दुई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायब महानिरीक्षक (डीआईजी)मा बढुवा सिफारिस गरेको छ ।
गृह सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बढुवा समितीको बैठकले एसएसपी कालिदास धौबजी र कुमार न्यौपानेलाई डीआईजी बढुवा गर्न सिफारिस गरेको हो ।
डीआईजी बढुवा दौडमा सात जना एसएसपी रहेका थिए । जसमध्ये विदुर खड्गा, भेषबहादुर शाह, प्रदीपकुमार पाल, लक्ष्मणबहादुर सिंह, कृष्णराज पाठक बाहिरिएका छन् । सशस्त्रमा डीआईजी हुनका लागि सुरक्षा व्यवस्थापन तालिम वा उच्चस्तरीय व्यवस्थापन तालिम वा स्टाफ कलेज गरेको हुनुपर्छ । जसमा धौबजी र न्यौपाने मात्र छानिए ।
फेसबुक पेज Like गर्नुहोस