काठमाडौं - चीनबाट कोरोना खोप ल्याउनेसम्बन्धी उडान तालिका सार्वजनिक भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले उडान तालिका सार्वजनिक गरेका हुन् । उनका अनुसार चीनबाट तीन खेप गरेर ४० लाख डोज भेरोसेल खोप ल्याउन लागिएको हो ।

पहिलो खेप कोरोना खोप लिन नेपाल एयरलाइन्सको विमान असार २४ गते बेइजिङ जाँदैछ । भट्टराईका अनुसार साउन ८ गतेसम्म ४० लाख डोज खोप काठमाडौं आइपुग्नेछ । 

Image