शिक्षकहरूका समस्या वार्ताबाट समाधान गर्छु : नवनियुक्त शिक्षामन्त्री पन्त
काठमाडौं - नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षकहरूका समस्या समाधान वार्ताबाट गर्ने बताएका छन् । आज मन्त्रालयमा पदभार ग्रहण गरेपछि उनले यस्तो बताएका हुन् ।
मन्त्री पन्तले शिक्षकका समस्याबारे आफू जानकार रहेको बताउँदै वार्ताको माध्यमबाट समस्याको समाधान गर्न प्रयत्न गर्ने बताए ।
उनले भने,‘भर्खर त मन्त्रालयको जिम्मेवारी सम्हालेको छु । शिक्षकहरूका मागका विषयमा जानकार छु । मन्त्रालयका अधिकारीहरूले वार्ताको लागि पहल गरिरहेका छन् । यो विषयमा बुझेपछि आफ्नो धारणा बनाउँला ।’ मन्त्री पन्तले अब बोल्नेभन्दा पनि काम गर्नमा ध्यान केन्द्रित गर्ने बताए ।
विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग गर्दै शिक्षकहरू गत चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलनमा छन् ।
फेसबुक पेज Like गर्नुहोस