काठमाडौं - सर्लाही घटनालाई लिएर निरन्तर रुपमा संसद अवरोध गर्दै आएका प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपासँग सहमतिपछि संसद बैठक सुरु भएको छ।

सोमबार सभामुख कृष्णबहादुर महराले आयोजना गरेको सर्वदलीय बैठकमा सत्तारुढ नेकपा, प्रतिपक्षी कांग्रेस र राजपाबीच सहमति भएको हो।

 सर्लाहीमा भएका दुई घटनाको छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने माग गर्दै कांग्रेस र राजपाले संसद अवरुद्ध गर्दै आएका थिए। सोमबारको बैठकमा छानबिन नभइ अध्ययन सुझाब समिति बनाउन दुबै पक्ष सहमत भएका हुन्।

कांग्रेस र राजपा संसदीय छाबिन समिति बनाउने मागबाट पछि हटेको र सत्तारुढ नेकपा अध्ययन तथा सुझाब समिति बनाउन सहमत भएपछि संसदको अवरोध हटेको हो।

बैठकमा नेकपा संसदीय दलका उपनेता पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ, नेकपा प्रमुख सचेतक देव गुरुङ, कांग्रेस संसदीय दलका मुख्य सचेतक बालकृष्ण खाँडल, उपसभामुख शिवमाया तुम्बाहाम्फे लगायतका नेताहरू सहभागी थिए।

सभामुख महराले डोकेको सो बैठकमा नेकपा संसदीय दलका उपनेता पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ, नेकपा प्रमुख सचेतक देव गुरुङ, कांग्रेस संसदीय दलका मुख्य सचेतक बालकृष्ण खाँडल, समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराई, राजपाका नेता राजेन्द्र महतो, उपसभामुख शिवमाया तुम्बाहाम्फे लगायतका नेताहरू सहभागी थिए।