बैतडी - जिल्ला अदालत बैतडी परिसरभित्रै एक प्रहरी जवान मृत फेला परेका छन्।  

ड्युटी सकेर अदालतभित्र रहेको आफ्नो निवासमा गएका प्रहरी जवान भुपेन्द्र टमाटा मंगलबार राति आफ्नै कोठामा मृत भेटिएका हुन् ।

दार्चुलाको लेकम गाउँपालिका–४ घर भएका टमाटा कोठाभित्र पङ्खामा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

आफन्त घरबाट आएपछि बुधबार बिहान उनको शव परीक्षणका लागि जिल्ला अस्पताल पठाइएको छ ।

प्रारम्भिक रूपमा घटना आत्महत्याजस्तो देखिए पनि मृत्युको वास्तविक कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।