सत्तारुढ सांसदकै प्रश्नः ‘सरकार भारतसामु झुकेकै हो ?’
खबर एक्सप्रेस
२०७६-०३-२२ ११:०० मा प्रकाशित
Total Shares: 746
काठमाडौं - भारतबाट आयातित तरकारी र फलफूलमा विषादी परीक्षण रोकेर सरकार भारतसामु झुकेको भन्दै सत्तारुढ दलकै सांसदहरुले प्रधामन्त्री केपी शर्मा ओलीको कडा आलोचना गरेका छन् ।
पार्टी संसदीय दलको शनिबारको बैठकमा उनीहरुले ‘राष्ट्रवादी’ छवि बनाएको सरकारबाटै यस्तो निर्णय आउनु आश्चर्यजनक भएको बताए ।
प्रधानमन्त्री केपी शर्मा ओली संसदका आलोचनाबाट आक्रोशित भए । सहभागी एक सांसदका अनुसार सत्तारुढ दलकै नेता र सांसदले सरकारका कामकारबाहीलाई लिएर संसद, संसदीय समिति र सार्वजनिक मञ्चमा आलोचना गरेकामा प्रधानमन्त्री ओली आक्रोशित भएका हुन् ।
कान्तिपुर दैनिकबाट
फेसबुक पेज Like गर्नुहोस