काठमाडौं महानगरको राजश्व अनलाइनबाटै तिर्न सकिने
खबर एक्सप्रेस
२०७७-०६-०१ ०१:३८ मा प्रकाशित
Total Shares: 272
काठमाडौं - काठमाडौं महानगरपालिकाले विद्युतीय प्रणालीमार्फत राजस्व निर्धारण तथा संकलन शुरु गरेको छ। महानगरपालिकाले बिहीबार वडा नम्बर २६ लगायत १० वटा वडाबाट सेवा सञ्चालन गरेको हो।
महानगरपालिकाको सातौं नगरसभाको निर्णय अनुसार विभिन्न १० वटा वडाबाट विद्युतीय प्रणालीमार्फत राजस्व संकलन सेवा शुरु भएको हो ।
सेवाग्राहीलाई कर तिर्न सजिलो होस् भनेर महानगरले उक्त व्यवस्था गरेको हो । यस सुविधा सुरु भएसँगै अब सेवाग्राहीले घरैबाट कर तिर्न सक्नेछन् ।
फेसबुक पेज Like गर्नुहोस