काठमाडौं,धनगढी - कोरोना सङ्क्रमणबाट कैलालीमा थप एक महिलाको मृत्यु भएको छ ।

जिल्लाको गोदावरी नगरपालिका १ का ७५ बर्षिया महिलाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको सेती प्रादेशिक अस्पतालले जानकारी दिएको छ । मङ्सिर २१ गते सेती प्रादेशिक अस्पतालमा भर्ना भएकी ती महिलाको भेन्टिलेटरमा उपचार भइरहेको थियो ।

कडा प्रकारको निमोनिया लिएर अस्पताल आएकी महिलाको आइतबार बिहान मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले जानकारी दिए ।