नेकपा स्थायी कमिटी बैठक सम्पन्न
काठमाडाैं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन परिमार्जनसहित सर्वसम्मति पारित गरेको छ ।
आइतबार केन्द्रीय पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकले अध्यक्षले जारी गरेको राजनीतिक प्रतिवेदन पारित गर्दै सम्पन्न भएको हो ।
बैठकले नेकपा केन्द्रीय कमिटी पुस २३ गतेदेखि गर्ने निर्णय पनि गरेको छ । विधान संशोधनको प्रस्तावलाई अन्तिम रुप दिएर केन्द्रीय कमिटीलाई पठाउने निर्णय गरिएको छ । त्यस्तै, कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भएकाले भारतको नक्सा अस्वीकार गर्दै त्यहाँबाट भारतीय सेना हटाउन पहल गर्ने र समस्या समाधान गर्न कूटनीतिक रुपमा गर्ने निर्णय पनि स्थायी कमिटी बैठकले गरेको छ।
नेपालले निमार्ण गर्न थालेका कतिपय क्षेत्रमा भारतले गरेको अवरोध हटाउन सरकारले आग्रह गर्नुपर्ने निर्णय पनि बैठकले गरेको छ । स्थायी कमिटी बैठकमा चर्काचर्की परेको विवादास्पद एमसिसी विधेयकको जिम्मेवारी नेकपा सचिवालयलाई दिने निर्णय पनि बैठकले गरेको छ।
फेसबुक पेज Like गर्नुहोस