काठमाडौं - आइसिसी टी– २० विश्वकपअन्तर्गत समूह चरणको तेसो खेलमा दक्षिण अफ्रिकाले नेपाललाई जितका लागि ११६ रनको लक्ष्य दिएको छ ।

आज बिहान भएको सेन्ट भिन्सेन्टस्थित किङ्सटाउन स्टेडियमा नेपालले टस जितेर पहिले बलिङ रोजेको थियो । त्यसपछि ब्याटिङ गर्ने क्रममा दक्षिण अफ्रिकाले ७ ओभरमा ७ विकेट गुमाएर ११४ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरी चम्किए । कुशलले आफ्नो स्पेलमा १९ रन दिएर चार विकेट लिए । दिपेन्द्रले आफ्नो स्पेलमा २१ रन खर्चेर ३ विकेट लिए ।

सोमपाल कामी, करण केसी, कुशल मल्ल, सन्दीप लामिछाने र अविनास बोहोरा विकेट विहिन रहे । दक्षिण अफ्रिकाका लागि ओपनर रिजा हेनड्रिकले सर्वाधिक ४३ रन बनाए ।

दिपेन्द्रले १६औँ ओभरको तेस्रो बलमा ओपनर हेनड्रिकलाई आफैले क्याच लिदै आउट गराए । उनले ४९ बलमा ५ चौका र १ छक्का प्रहार गरे । यसअघि दीपेन्द्रले नै चौथो ओभरको चौथो बलमा दक्षिण अफ्रिकाका ओपनर क्वीन्टन डी कक लाई १० रन बनाउँदा आउट गरेका थिए ।

दीपेन्द्रले १८औँ ओभरको तेस्रो बलमा डेविड मिलरलाई ७ रन बनाउँदा सन्दीप लामिछानेको हातबाट क्याच आउट गराए । कुशलले १४औँ ओभरको दोस्रो बलमा ३ रन बनाएका हेनरिक क्लासेनलाई करण केसीको हातबाट क्याच आउट गराए ।

त्यसअघि कुशलले नै १२औँ ओभरको दोस्रो बलमा नेपालका ओपनर कुशल भुर्तेलले कप्तान एडेन मक्रमलाई १० रन बनाउँदा बोल्ड आउट गर्दै पेभेलियनको बाटो देखाएका थिए । कुशलले नै मार्को जेसन र कागिसो रवाडालाई सस्तैमा आउट गरे भने दक्षिण अफ्रिकाका ट्रिस्टन स्टुब २७ रनमा अविजित रहे ।